वडा अध्यक्ष चौधरीले गरे खेलकुद सामग्री सहयोग
कोल्हवी:बाराको कोल्हवीमा संचालनमा रहेको ग्रासरुट फुटबल खेलाडीहरुको लागी आज शनिवार एक कार्यक्रमका बिच कोल्हवी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दलबहादुर चौधरीले खेलकुद सामग्री सहयोग गर्नु भएको छ ।
ग्रासरुट फुटबल कोल्हवीका संस्थापक समाजिक अभिअन्ता हिरालाल चौधरीको आग्रहमा ६ जोडी बुटका सेट,६ थान टि सर्ट , १ थान फुटबल लगायत खेलकुदमा आवश्यक पर्ने अन्य सामग्रीहरु करिब १२ हजार ६ सय बराबरको वडा अध्यक्ष चौधरीले आफनो व्यक्तिगत सहयोग गरेको ग्रासरुटका संस्थापक हिरालाल चौधरीले जानकारी दिनुभयो।
खेलकुद सामग्री बितरण कार्यक्रमको अध्यक्षता ग्रासरुटका प्रशिक्षक अनुठा चौधरीले गरेको थियो भने प्रमुख अतिथीमा वडा नम्बर ९ का वडा अध्यक्ष दलबहादुर चौधरी त्यस्तै अतिथीहरुमा जनशक्ति क्लवका कोषाध्यक्ष रामदेयाल चौधरी,कोल्हवी ९ का वडा सदस्यका प्रत्यासी प्रकास चौधरी,कोल्हवी ९ कै सिकेन्द्र कुमार,श्री अनुप दिपनीका मा।बि। कोल्हवीका शिक्षक हरेराम चौधरी सहित करिब ६० जना ग्रासरुटका फुटबल खेलाडीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचान ग्रासरुट फुटबल कोल्हवीका संस्थापक समाजिक अभिअन्ता हिरालाल चौधरीले गर्नु भएको थियो।










