युक्रेन इयूमा प्रवेश गर्नेबारे वार्ता सुरु गर्ने समय आएको छ : राष्ट्रपति जेलेन्स्की

कोल्हवी न्यूज
२०८० बैशाख २७, बुधबार ०७:४८ गते

किभ– युक्रेनले औपचारिक रूपमा युरोपेली सङ्घ (इयू) सदस्यताको लागि औपचारिक रूपमा वार्ता सुरु गर्ने समय भएको युक्रेनले बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर इयूले गत वर्ष युक्रेनलाई औपचारिक रूपमा उम्मेदवारको दर्जा दिएको र अब औपचारिक रूपमा वार्ता सुरु गर्ने बारे निर्णय लिनुपर्ने समय आएको बताएका थिए ।

उनले भने, ‘युक्रेन र इयूबीचको सम्बन्धमा रहेको कृत्रिम राजनीतिक अनिश्चितता हटाउने समय आएको छ । युक्रेनलाई इयूमा सामेल गराउने विषयमा वार्ता सुरु गर्ने विषयमा सकारात्मक निर्णय लिने समय आएको छ,’ जेलेन्स्कीले ईयू प्रमुख उर्सुला भोन डेर लेयेनसँग कीभमा आयोजित पत्रकार सम्मेलनमा भने ।

युरोपेली आयोगका अध्यक्ष लेयेनसँगको भेटमा युरोपेली सङ्घबाट युक्रेनका लागि थप हतियारको आपूर्तिको आवश्यकतामाथि जोड दिए ।

‘हामीले हतियारहरूको खरीद र वितरणको गतिलगायतका कुरामा एउटा महत्वपूर्ण विषयमा छलफल गर्यौं । युद्धभूमिमा उनीहरूको आवश्यकता पहिले नै विद्यमान छ,’ जेलेन्स्कीले किभमा एक पत्रकार सम्मेलनमा भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*