मोटरसाइकलले ठक्कर दिदा १ को मृत्यु ३ घाइते
कोल्हबी:बाराको कोल्हबी नगरपालिका वडा न.१ बटौलिया चौक नजिकै बुधबार एउटा मोटरसाईकलले दुइवटा साईकललाई ठक्कर दिदा अमाव-१० निवासि बर्ष ६० कि तारादेवि पासवानको एल.एस न्यूरो अस्पताल प्रसौनिमा उपचारका क्रममा मृत्यु भएको छ।
तामागढी-सिम्रौनगढ सडक खण्डमा पर्ने कोल्हबी बजारबाट पडरी तर्फ जादै गरेको साईकललाई बिपरित दिशाबाट आउदै गरेको हाल मोटरसाइकल नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिदा साइकलमा सवार गम्भीर घाइते भइ उपचारको लागि अस्पताल पठाइएको छ। मोटरसाइकल चालक जिल्ला बारा बारागढी गाउँपालिका ५ पथरा टोल निवासी राजेश चौधरीको छोरा वर्ष २७ को अशोक चौधरीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको र उनको उपचार स्थानीय मेडिकल जननायक कोल्हबीमा उपचार भइरहेको छ।
साइकल यात्री कोल्हबी न.पा वडा न.१०अमाव निवासी वर्ष ६५को रामचन्द्र चौधरी सोही गाउँ निवासी शम्भु पासवानको छोरा वर्ष ३०को भाजु पासवानलाई सामान्य चोट आएको र उनको उपचार सोहि स्थानीय मेडिकलमा भइरहेको जिल्ला प्रहरि कार्यालय बाराले जनाएको छ।