छतबाट खसेर ज्यान गुमाएका रविका चालकको आज अन्त्येष्टि
![](https://www.kolhabinews.com/wp-content/uploads/2021/08/kolhab-news-icon.png)
२०८० बैशाख २०, बुधबार ११:०७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिँदैछ । लामिछानेका प्रमुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो ।
चालक थापाको उपचारका क्रममा मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसेपछि हेलिकप्टरबाट काठमाडौँ ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो ।