सामाजिक अभियन्ता हिरालाल चौधरीले गरे शैक्षिक र खेलकुद सामाग्री सहयोग

कोल्हवी न्युज
२०८० बैशाख १८, सोमबार १८:२७ गते

कोल्हबी:मधेस प्रदेश स्थित बाराको कोल्हबी नगरपालिका वडा न१मा ग्रासरुट फुटबल खेलाडीहरुलाई फुटबल खेलका सामाग्री एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रम सोमबार एक समारोहका बिच श्री अनुप दिपनी मा.वि.को प्राङ्गणमामा सम्पन्न भएको छ।
ग्रासरुट फुटबलका अध्यक्ष अनुठा चौधरीको अध्यक्ष्ाता र जनशक्ति युवा क्लब कोल्हबीका अध्यक्ष खुसी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोल्हबी नगरपालिका वडा न.२का वडा सचिव दिपलाल चौधरी,जोखु साह कानु,धर्मेन्द्र चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो। सामाजिक अभियन्ता हिरालाल चौधरीको सहयोगमा उक्त कार्यक्रममा ३१ जना बच्चाहरुलाई जर्सी,फुटबल,बुट,खेलका तालीम सामाग्री र शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता चौधरीले उक्त कार्यक्रमको मुख्य उदेश्य आउनेवाला दिनमा कोल्हबी नगरपालिकामा राम्रो खेलाडीहरु उत्पादन गर्ने र अहिलेबाटै कुलतमा फस्न लागेका र कुलतमा फसेका बालबालिकालाई त्यसबाट बचाउन हो। सरकारी बिधालयमा पढ्ने बालबालिकाहरुको पढाईमा लाग्ने खर्च क्लब गठन गरेर तिर्ने,हरेक महिना बालबालिकाहरुलाइ कापी,कलममा लाग्ने खर्च दिइने,हरेक ग्रासरुट फुटबल खेलाडीहरुको खाता खोलाइ दिने र आफ्नो महिनाको तलबको ५ देखि ७ प्रतिशत पैसा हरेक खेलाडीको खातामा हरेक महिना हाल्दिने साथै हरेक सालमा ३ वटा मौसम अनुसार कपड़ा दिइने उहाले बताउनु भएको छ।उक्त ग्रासरुट फुटबल खेलाडीहरुलाई खेलसामाग्री एवम् शैक्षिक सामाग्री वितरण कार्यक्रममा अरुन चौधरी,राकेश चौधरी,भद्र भलादमिहरु,संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*