आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै गुजरातको जीत

कोल्हवी न्यूज
२०८० बैशाख १३, बुधबार ०७:३० गते

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ५५ रनले हराउँदै गुजरात टाइटन्सले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको गुजरातले ६ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मुम्बई २० ओभर खेल्दै ९ विकेट गुमाएर १५२ रनमै सीमित भयो ।

गुजरातको जीतका लागि शुभमन गिल, अभिनव मनोहर, डेविड मिलर र राहुल तेजतियाले सानदार प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आईपीएल अंकतालिकामा गुजरात चौथो नम्बरबाट दोस्रो नम्बरमा उक्लिएको छ भने मुम्बई सातौं नम्बरमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*