नापोलीलाई हराउँदै एसी मिलान सेमिफाइनलमा

कोल्हवी न्यूज
२०८० बैशाख ६, बुधबार ०७:५५ गते

सिरी ए प्रतिद्वन्द्वी नापोलीलाई समग्रमा २–१ ले पछि पार्दै इटालियन क्लब एसी मिलान सन् २००७ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल दोस्रो लेगमा मंगलबार राति नापोलीसँग १–१ को बराबरी खेलेको मिलानले पहिलो समग्रमा २–१ को जित निकालेको हो । घरेलु मैदानमा भएको पहिलो लेग मिलानले १–० ले जितेको थियो ।

दोस्रो लेगमा ओलिभर जिरुडले ४३औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसअघि २२औं मिनेटमा जिरुडले पेनाल्टी गुमाएका थिए ।

८२औं मिनेटमा नापोलीले बराबरी गर्ने अवसर गुमायो । नापोलीका केभिचा केभारातखेलिया ८२औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*