डिउटी बसेका प्रहरी हवाल्दारले आफैलाई गोली हानी आत्महत्या

कोल्हवी न्यूज
२०८० बैशाख ४, सोमबार ०८:०८

दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवाल्दार ले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८:४० बजे तिरको समयमा एसएलआरले आफैलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवाल्दार केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभएको छ ।

‘घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको छ’,इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक मल्लले भन्नुभयो,‘घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको छ ।’

४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत सहायक हवाल्दार केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ४÷५ दिन पहिले मात्रै आएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*