सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २७ जनाको मृत्यु २०० घाइते

कोल्हवी न्यूज
२०८० बैशाख ३, आईतवार ०८:२९

सुडानी सेना र एक अर्धसैनिक बल बीचको शक्ति संघर्षले देशलाई हल्लाएको छ। उक्त भिडन्तमा हालसम्म २७ जनाको मृत्यु भएको र करिब २०० घाइते भएका खबर बीबीसीमा छ।

राजधानी खार्तुममा राष्ट्रपति भवन, सरकारी टिभी र सेनाको मुख्यालयमा झडप भएको हो।

मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघका तीनजना कामदार पनि छन्। उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको हो।

मारिनेमा कति सर्वसाधारण नागरिक छन् भन्ने एकिन भएको छैन। यसअघि युनियनले तीन नागरिकको मृत्यु भएको पुष्टि गरेको थियो।

त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ। भिडिओहरूमा खार्तुम विमानस्थलमा एउटा गैरसैनिक विमानमा आगो लागेको देखाइएको छ। साउदी एयरलाइन्स साउदीआले आफ्नो एयरबस विमान ुदुर्घटनाुमा परेको बताएको छ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ०ले विमानस्थल र अन्य प्रमुख केन्द्रहरू नियन्त्रण गरेको बताएको छ तर सेनाले त्यसलाई अस्वीकार गर्दै सैन्य जेटहरूले आरएसएफको आधार क्षेत्रमा प्रहार गरिरहेको जनाएको छ।

भिडन्तबाट बच्न सर्वसाधारणहरूले सुरक्षित स्थलहरू खोजेर आश्रय लिइरहेका छन्। एकजना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन। त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएका थिए।

पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको उनको भनाइ छ।

यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो। सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको थियो।

सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जेनरलहरूले सार्वभौम परिषद्‍ भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन्। आरएसएफ उक्त परिषद्‌का उपाध्यक्ष जेनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ।

सेनाको नेतृत्वमा भने जेनरल अब्देल फताह अल(बुर्हान रहेका छन्। उनी सार्वभौम परिषद्‌का प्रमुख पनि हुन्।

विवादको कारण

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ।

आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दियो।

यसै सातादेखि तनाव बढेपछि बिहीबार आरएसएफले मेरोवेमा सैन्य आधार नजिकै आफ्ना फौजलाई तैनाथ गरेको थियो।

जेनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो द्वितीय वरीयताका कमान्डरसँग कुरा गर्न इच्छुक रहेको बताएका छन्।

पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन्। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*