हतियार प्रहार गरि बैतडीमा एक युवकको हत्या
बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।
बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ।
दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको भेटिएको जानकारी दिए।
जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको र उनको कसले, किन हत्या गरेको हो भनेर खुल्न नसकेको प्रहरीको भनाइ छ।