मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइक चालक गम्भिर घाइते
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ भलादमिचोक स्थित पुर्व–पश्चिम सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
चितवनबाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ५३३७ नम्बरको ट्रकले आफ्नै साईडमा घर अगाडि पार्किङ गर्न घुमाउदा सोहि दिशाबाटै जादै गरेको प्रदेश ३–०३–००१ प २१५९ नम्बरको मोटरसाइकल ट्रकको ढालामा ठोकिदा चालक मनहरी–८ सिमपानि बस्ने ४५ वर्षिय तेज नारायण यादव गम्भिर घाइते भएका हुन् ।
उनको उपचारका लागि भरतपुर पठाइएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबै सवारि र ट्रक चालक प्रहरिको नियन्त्रणमा रहेका छन् ।