शिखर धवनको विस्फोटक ब्याटिङका बाबजुद हार्‍यो पञ्जाब, हैदरावादको पहिलो जित

कोल्हवी न्यूज
२०७९ चैत्र २७, सोमबार ०८:१६ गते

इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनमा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ।

गएराती पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै हैदरावादले विजयी यात्रा आरम्भ गरेको हो। यसअघिका दुई खेलमा हैदरावाद लगातार पराजित भएको थियो।

हैदरावादको घरेलु मैदान राजिव गान्धी इन्टरनेशनल स्टेडियममा पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदरावादले १७.१ ओभरमा २ विकेट गुमाएर भेटेको थियो।

हैदरावादको सानदार जितमा राहुल त्रिपाठीले विस्फोटक ब्याटिङ गरे। त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए।

त्यस्तै कप्तान एडेन मारक्रमले २१ बलमा ६ चौका प्रहार गर्दै अविजित ३७ रन बनाए।

ओपनरद्वय मयंक अग्रवाल र ह्यारी ब्रुकले क्रमश २१ र १३ रन बनाए।

पञ्जाबका लागि अर्शदिप सिंह र राहुल चाहरले समान एकएक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

पञ्जाबका कप्तान शिखर धवनले अविजित ९९ रन बनाए। ६६ बल खेलेका उनले १२ चौका र ५ छक्का प्रहार गरे। त्यसका बाबजुद पनि टोलीको हार टर्न सकेन।

शाम कुरानले २२ रन बनाउनुबाहे अन्य ब्याट्सम्यान सस्तोमै आउट भएपछि पञ्जाब जारी लिगमा पहिलो पटक पराजित भएको हो।

बलिङतर्फ हैदरावादका मयङ्क मार्कण्डेले सर्वाधिक चार विकेट लिए। त्यस्तै मार्को जन्सेन र उम्रन मलिकले दुई–दुई विकेट लिँदा भूवनेश्वर कुमारले एक विकेट लिए।

जीतसँगै पञ्जाब अंक तालिकाको छैठौं नम्बरमा झरेको छ भने हैदरावाद आफ्नो स्थिती सुधार गर्दै आठौं स्थानमा उक्लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*