नयाँ प्रशिक्षक आएयता मछिन्द्र विजयी

कोल्हवी न्यूज
२०७९ चैत्र २६, आईतवार १७:१३ गते

नयाँ प्रशिक्षकका रूपमा किशोर केसीको आगमनसँगै दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रले सहिद स्मारक लिग ए डिभिजन ०७९-०८० मा जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटालाई २-१ ले हराएको हो ।
उसका लागि विमल घर्तिमगर र आफिज ओलावालेले गोल गरे । संकटाका तर्फबाट मनीष डाँगीले एक गोल फर्काए । मछिन्द्रको यो दोस्रो जित हो । यो जितसँगै उसको ९ अंक भएको छ । संकटा पनि ९ अंकमै रहेको छ ।
सातदोबाटोमा भएको अर्को खेलमा एनआरटीले हिमालयन शेर्पामाथि २(१ को पुनरागमन जित रच्यो । हिमालयनले खमिर गिल्सनको गोलले अग्रता लिएको थियो । दोस्रो हाफमा एनआरटीका लागि रोहन खड्गी र जेनिश प्रजापतिले गोल गरे ।
जेनिशले ८९औं मिनेटमा निर्णायक गोल गरे । यस लिगमा एनआरटीको यो पहिलो जित हो र उसको ६ अंक भएको छ । हिमालयन पनि ६ अंकमै सीमित रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*