सिक्किममा हिमपहिरोमा परि ३ नेपालीसहित ७ को मृत्यु, १३ घाइतेमध्ये ३ नेपाली (विवरणसहित)

कोल्हवी न्यूज
२०७९ चैत्र २२, बुधबार ०९:१५

सिक्किमको गान्तोक–नाथुला जेएनएम सडकमा परेको हिमपहिरोमा मंगलबार ३ नेपालीसहित ७ जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा नेपालका चितवनस्थित शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ रहेका छन् ।

त्यस्तै अन्य १३ जना घाइते भएको डिस्ट्रिक कलेक्टोर गान्तोकले जनाएको छ ।

घाइते हुनेमा पनि ३ जना नेपाली नै रहेका छन् । जसमा गीता सापकोटा, ज्योती गुरुङ र रमेश खनाल रहेका छन् । उनीहरुको हाल उपचार भइरहेको छ।

अन्य ज्यान गुमाउनेहरुमा ४ जना र घाइतेहरु भने भारतीय नागरिक रहेको बताइएको छ ।

यस्तो छ विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*