रियल म्याड्रिड ६–० ले विजयी

कोल्हवी न्यूज
२०७९ चैत्र २०, सोमबार ०७:५० गते

स्पेनिस ला लिगा अन्तरगत गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडविरुद्ध गोलको वर्षा गरेको छ ।

कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक पूरा गरेको खेलमा म्याड्रिडले घरेलु मैदानमा ६–० को सानदार जीत हासिल गरेको हो ।

खेलमा गोलको खाता भने २२औं मिनेटमा रोड्रिगोले खोलेका थिए । त्यसपछि बेन्जेमाले २९औं, ३२औं र ३६औं मिनेटमा गोल गरे ।

त्यसैगरी ७३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए भने त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा लुकास भास्क्वेजले थप गोल गर्दै रियललाई ६–० को सानदार जित दिलाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*