विश्वकप क्वालिफायर प्लेअफ: क्यानडा र नामिबिया विजयी

कोल्हवी न्यूज
२०७९ चैत्र १६, बिहीबार ०८:३१ गते

नामिबियामा जारी विश्वकप क्वालिफायर प्लेअफमा क्यानडा र नामिबियाले जित हासिल गरेका छन्।

बुधबार भएको खेलमा क्यानडाले अमेरिकालाई २६ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा नामिबियाले पिएनजीलाई हराउँदै पहिलो जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९.४ ओभरमा १९८ रन बनाएको थियो। उसका लागि एरोन जोनसोनले ४७ रन बनाउँदा हर्स थकेरले ४३ रन बनाए। जवाफमा अमेरिका १७२ रनमानै समेटिएको थियो। उसका लागि ‌ओपनर सुशान्त मोडानीको ६४ रन सर्वाधिक रह्यो। उनी बाहेक नोथुस केजिङ्गेको २८ रन सर्वाधिक रह्यो।

त्यस्तै, हाइस्कोरिङ अर्को खेलमा नामिबियाले आफ्नो एकिदिसीय अन्तराष्ट्रियकै कीर्तिमानी ३ सय ८१ रनको स्कोर बनाएको थियो। उसका लागि कप्तान जेराड एरसमुसले १२५ रनको शतकीय इनिङ खेल्दा निकोलास डभिनले ९० रन बनाए। त्यस्तै जन निकोल लोटाइ एस्टोनले ६१ रन बनाएका थिए।

जवाफमा पिएनजीले पनि आफ्नो अन्तराष्ट्रिय क्रिकेटको कीर्तिमानी स्कोर बनाएपनि लगातार दोस्रो हार टार्न सकेन। पिएनजीले चार्लेस अमिनीको १०९ रनको शतकीय इनिङ खेल्दा सेसे बउले ५४ तथा असद भालाले ५७ रन बनाएका थिए। दुई खेलाडीको अर्धशतक तथा अमिनीको शतकमा आफ्नो एकदिवसीय अन्तराष्ट्रियको सर्वाधिक उच्च ३३३ रन बनायो। ४६.२ ओभरमा अलआउट भएको थियो।

लिग अङ्क तालिकामा क्यानडा २ खेलमा दुईमानै जित निकाल्दै शीर्ष स्थानमा रहँदा अमेरिका युएई र नामिबियाले समान १-१ खेलमा जित निकालेका छन्। अङ्क तालिकाको शीर्ष २ मा रहने टिमले विश्वकप प्लेअफमा स्थान बनाउने छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*