रुसले जित्यो साफ यू-१७ महिला च्याम्पियनसिप उपाधि

कोल्हवी न्यूज
२०७९ चैत्र १५, बुधबार ०८:१० गते

आमन्त्रित टोलीको रुपमा प्रतिस्पर्धा गरेको रुसले बंगलादेशमा सम्पन्न साफ यू(१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको राउण्ड रोविन लिगको अन्तिम खेलमा भारतलाई २-० ले पराजित गर्दै रुस अपराजित रहेर च्याम्पियन बनेको हो । रुसको जितमा एभडिनको र कोट्लोभाले गोल गरे ।

पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा रुसले खेलेको चारवटै खेल जित्दै १२ अंक जोडेर उपाधि जितेको हो ।

च्याम्पियनसिपमा रुसले चार खेलमा कुल १७ गोल गर्दा १ गोल मात्र बेहोरेको थियो । भुटान विरुद्धको खेलमा रुसकै खेलाडीले आत्मघाती गोल गरेका थिए ।

दुई जित र दुई हारको नतिजासहित भारत ६ अंक जोडेर तेस्रो भयो । घरेलु टोली बंगलादेश ७ अंक जोडेर तेस्रो भयो ।

साविक विजेता नेपाल भने एक जित दुई हार र एक बराबरीबाट ४ अंक जोड्दै चौथो स्थानमा रह्यो । भुटान सबै चार खेल हारेर अंकविहीन हुँदै पुछारमा रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*