धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कोल्हवी न्यूज
२०७९ चैत्र १३, सोमबार १०:०५

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेका छन् ।

मृतक फुयाल सोही ट्याक्टरका चालक हुन् । फुयालले ज१च ३४३७ ट्याक्टर लिएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका-५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको हो ।

फुयालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

घटना स्थलमा मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*