मुम्बईले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि

कोल्हवी न्यूज
२०७९ चैत्र १३, सोमबार ०९:५८ गते

पहिलो संस्करणको वुमन्स प्रिमियर लिग(डब्लुपिएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ।

महिला आईपिएलको रूपमा परिचित डब्लुपिएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य मुम्बईले १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।

दिल्लीका लागि ओपनर तथा कप्तान मेग लनिङ्गले ३५ रन बनाउँदा मरिजनीकापले १८ रन तथा सिखा पाण्ड्या र राधा यादवले समान २७-२७ रनको नटआउट इनिङ खेले।

त्यस्तै, सफाली वर्माले ११ रन बनाएकी थिइन्। मुम्बईका लागि इसी वङ्ग र हेली म्याथ्युले समान ३-३ विकेट लिँदा अमेली केरले २ विकेट हात पारेकी थिइन्।

१ सय ३२ रनको मध्यम स्कोर पछ्याएको मुम्बईले ३ बल बाँकी हुँदा लक्ष्य पूरा गर्यो। उसका लागि नट साइभर ब्रन्टले सर्वाधिक ६० रनको नटआउट अर्धशतकीय इनिङ खेलिन्। त्यस्तै कप्तान हरमनप्रित कौरले ३७ रन बनाउँदा अमेलीया केर १४ रनमा नटआउट रहिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*