इजरायलका रक्षामन्त्री गालान्ट बर्खास्त

कोल्हवी न्यूज
२०७९ चैत्र १३, सोमबार ०९:५३ गते

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन्।

देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतान्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री नेतान्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ। गालान्ट नेतान्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस्यसमेत हुन्।

गालान्टलाई बर्खास्त गरेपछि ट्वीट गर्दै प्रधानमन्त्री नेतान्याहुले इजरायलको सुरक्षा आफ्नो जीवनको महत्वपूर्णं मिसन रहेको बताए। नेतान्याहुको यस कदमविरुद्ध नागरिकहरू सडकमा उत्रिएका छन्।

आइतबार प्रधानमन्त्री नेतान्याहुको आवास वरपर ठूलो संख्यामा मानिसहरू उपस्थित भएर उनको कदमप्रति विरोध जनाएका थिए। प्रहरीले भिडलाई नियन्त्रण गर्न पानीका फोहोरा प्रहार गरेको थियो।

अल जजिराका अनुसार नेतान्याहुको सरकारले ल्याएको विधेयक पास भए न्यायाधीश नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारले पाउनेछ।

उक्त विधेयकको विरोधीहरुले यसबाट न्यायिक स्वतन्त्रतामा अंकुश लाग्ने र भ्रष्टाचार बढ्ने तर्क गरेका छन्।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*