वन कर्मचारीको रिसिईबि साध्न र कमजोरि लुकाउन कोल्हवी-५का वडा अध्यक्ष फसाउने प्रयास

तिन बर्ष अघि देखि मास्टर प्लान गर्दै बसेका अनुसन्धानमा खटिने करिम यो पटक भने नया डिभिजन प्रमुख आउने बित्तिकै उनलाई प्रभावित पार्दै आफु बच्नकै लागि र प्रतिसोध साध्नकै लागि सबै योजना बद्ध तरिकाले लागि परेका छन।
कोल्हवी न्युज ब्यूरो
२०७९ फाल्गुन २९, सोमबार १५:१४

कोल्हबी:बाराको कोल्हवि नगरपालिका  वडा नं. ५ का वडाध्यक्ष नन्दकिशोर चौधरीलाई उक्त वडाको रामबन क्षेत्रमा पर्ने स्थानमा  २३ गते राति रास्ट्रिय वन फडानिको घटनाको स्थलगत अनुगमनका क्रममा अमर्यादित प्रस्तुत भएको भन्दै २७ गते शनिवार डिभिजन वन कार्यलय सिमराले पक्राउ गरेको थियो।                                   वडा अध्यक्ष चौधरीले डिभिजन वन कार्यालय सिमराका प्रमुख बिनोद सिह माथि अपशब्द प्रयोग गरेको आरोप लागेपनि प्रत्यक्षदर्शी स्थानियले भने वडा अध्यक्ष  माथिनै पहिला डिभिजन प्रमुख सिंहले अपशब्द प्रयोग गरेको बताएका छन। जतिखेर उक्त निरीक्षण टोलिमा सिंह सहित बाराका प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा,शसत्र प्रहरि उपरीक्षक,प्रहरि नायब उपरीक्षक सहित बारा कोल्हविका मेयर राम प्रसाद चौधरि स्वयं उप्स्थित थिए।                                                                                तिन बर्ष अघि अतिक्रमित गरिएको क्षेत्रमा कोल्हवि नगरपालिकाका पुर्व मेयर भरत भण्डारि र वडा न.५ का पुर्व वडा अध्यक्ष बासु प्रसाद चौधरिको रोहवरमा र गाउँलेहरु सबैको सहमतिमा अतिक्रमित क्षेत्रमा बनेको घर टहरा भत्काई जनप्रतिनिधिलेनै बिरुवा रोपि संरक्षण गर्न लागिपरेको थियो। बिरुवा हुर्के पछि स्थानिय तहले डिभिजन बनलाई रास्ट्रिय वन हस्तान्तरण गरेको थियो।                                                           वन कार्यलयले करिब ५.३ हेक्टर वन क्षेत्रलाई तार घेरा गरि तिन बर्ष अघि  आठ हजार आठ सय पचास बिरुवा रोपेपनि उक्त वन क्षेत्रमा वनले चासो नराख्दा कतिपय बिरुवा सुकेर मरिसकेको अवस्थामा पुगिसकेको छ भने बाकि बिरुवा २३ गते राति अज्ञात समूहले नस्ट गरेको थियो।                                                  तर यस घटनालाई कोल्हवि क्षेत्र भित्रका कतिपयले र वडा न.५ का स्थानिय बासिन्दाले वनका कर्मचारीले वडा अध्यक्षले केहि अपशब्द बोलेकै भरमा उहाँलाई फसाएर  वनका कर्मचारी पानी माथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन।उनिहरु अझै भन्छन तिन बर्ष अघि अहिले अनुसन्धानका लागि खटाईएका कर्मचारी अब्दुल करिमलाई बोधवन गाउँका महिला माथि यौनजन्य क्रियाकलाप गर्न खोजेपछि महिलाहरुले कालो मोसो सहित जुत्ताको माला लगाएका थिए।त्यस बखत अन्तिम समयमा आई पुगेका बहालवाला वडा अध्यक्ष नन्दकिशोर चौधरिले अनुसन्धानमा खटिएका कर्मचारी करिमलाई उनलेनै साजिस गरि यो सब गराएको भन्दै त्यति बेलानै उनलाई झुठो मुद्धा लगाई फसाउन खोजेका पुर्व मेयर भरत भण्डारिले बताउनु भएको छ।त्यस कारण वडा अध्यक्ष नन्दकिशोर सङ अनुसन्धानमा खटिने बनका कर्मचारी करिमको पुरानो दुश्मनी यथावत रहेको थियो।                            तिन बर्ष अघि देखि मास्टर प्लान गर्दै बसेका अनुसन्धानमा खटिने करिम यो पटक भने नया डिभिजन प्रमुख आउने बित्तिकै उनलाई प्रभावित पार्दै आफु बच्नकै लागि र प्रतिसोध साध्नकै लागि सबै योजना बद्ध तरिकाले लागि केहि अपशदब्द प्रयोग गरेकै भरमा डिभिजन प्रमुखको आडमा बन मास्ने मतियार हो भन्दै फसाउने रणनीतिमा छन।                                                             उच्च गोप्य स्रोतका अनुसार बन कर्मचारि अब्दुल करिम आएपछि यस भेगमा वन संरक्षण भन्द्दा पनि काठ तस्करी गरि उल्टै वन सखाप गर्न लागिपरेको बताउँछन् ।अझ आफैले उक्त कर्तुत गरि बोल्न भाषा नमिलाएकै र अमर्यादित तरिकाले बोलेकै भरमा कोल्हवि नगरपालिकाका मेयर राम प्रसाद चौधरिकै अगाडि बाट लछार पछार गर्दै जनताबाट निर्वाचित जनप्रतिनिधिलाई दुव्र्यवहार गरि लगेकोमा आफु निकै दुखि भएको कोल्हवि न्युज सङ गुनासो समेत गर्नु भएको छ।                                                                यता स्थानीय जनताहरु आफ्नो वडा अध्यक्षलाई यो घटनामा पक्राउ परेकोमा आक्रोशित हुदै २८ गते दिउसो बन कार्यालय बोधबनमा घेराउ सहित बिना सर्त तत्काल रिहा गर्नु पर्ने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*