सिन्धुली दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

कोल्हवी न्यूज
२०७९ फाल्गुन २८, आईतवार १४:१५

सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।

मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*