मलेसिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

कोल्हवी न्यूज
२०७९ फाल्गुन २७, शनिबार ०८:१०

मलेसिया पठाइदिने आश्वासन दिएर ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-२ च्यापोल घर भई हाल काठमाडौं-१४ गाईबाच्छाटोल बस्ने २८ वर्षीय आदेश तामाङ रहेका छन्।

उनले सञ्चालन गरेको केएचएम रिक्वाएरमेन्ट ग्रुप मेनपावरबाट रविन मोक्तान लगायत सय जनाभन्दा बढी ठगीमा परेका छन्।

मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल एसडिएन, बिएसडी कम्पनीमा आकर्षक तलबमा पठाई दिने भन्दै ठगी गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*