विवादमा बार्सिलोना: रेफ्रीलाई पैसा दिएको विषयमा अनुसन्धान हुदै

कोल्हवी न्यूज
२०७९ फाल्गुन २७, शनिबार ०८:०८ गते

स्पेनिस क्लब बार्सिलोना नयाँ विवादमा फसेको छ । बार्सिलोनाले पूर्व रेफ्री कमिटीका उपाध्याक्षलाई गरेको भुक्तानीको विषयमा छानबिनमा परेपछि क्लब नयाँ विवादमा परेको हो ।

स्पेनिस समाचार एजेन्सी ईएफईका अनुसार बार्सिलोना र तत्कालिन अध्यक्ष जोसेप मारिया बार्टोमेउमाथि रेफी कमिटीका पूर्व उपाध्यक्षलाई ७।४ मिलियन डलरको भुक्तानी गरेको विषयमाथि छानबिन अगाडी बढेको छ ।

तत्कालिन रेफ्रीको प्राविधक कमिटीका उपाध्यक्ष रहेका जोसे मारिया इनरिक्वेज नाइजेरियालाइ बार्सिलोनाले ७।४ मिलियन डलर भुक्तानी दिएको विषय छानबिनमा परेपछि बार्सिलोना नयाँ विवादमा परेको हो ।

बार्सिलोनाले भिडियो असिस्टेन्ट रेफ्री (भार) मा क्लबलाई सहयोग गर्न सो रकम भुक्तानी गरिएको आशंका गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले नाइजेरियालाई २०१८ सम्म ७।४ मिलियन डलर भुक्तानी गरेको देखिएको छ । सो भुक्तानी गरेको विषयमा कर कार्यालयले प्रश्न उठाएपछि यो विषय बाहिर आएको हो ।

यस अनुसन्धानले बार्सिलोनाको खेलप्रतिको नैतिक प्रतिबद्धतामाथि समेत प्रश्न उठेको खेल विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

यो आरोप पुष्टि भएमा बार्सिलोनालाई कस्तो सजाय हुन्छ भन्ने अहिले स्पष्ट भएको छैन तर मिडिया रिपोर्टका अनुसार बार्सिलोनाका तत्कालिन अध्यक्षसहित यसमा संलग्नलाई सजाय तथा क्लबलाई ठुलो जरिवाना तथा कैयौं प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।

यो शुरुवाती अनुसन्धान भएकाले यसको कानुनी लडाई लामो हुनसक्ने समेत बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*