अर्जेन्टिनालाई विश्वकप जिताएका मेसीले जिते उत्कृष्ट वर्ष खेलाडीको उपाधि

कोल्हवी न्यूज
२०७९ फाल्गुन १६, मंगलवार ०८:१२ गते

अर्जिन्टालाई विश्वकप जिताएका फरवार्ड लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन्। विश्व फुटबल महासंघ फिफाले सन् २०२२ का लागि मेसीलाई वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित गरेको हो।

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिब बेञ्जेमालाई पछि पार्दै मेसीले ‘फिफा बेस्ट प्लेयर अफ द इयर’ अवार्ड जितेका हुन्। मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो।

सन् २०२१–०२२ को को अवधिमा राष्ट्रि टोलीका र क्लबका लागि मेसीले ४९ खेलमा २७ गोल गरेका थिए। मेसी दोस्रोपटक फिफा वर्ष खेलाडी घोषित भएका हुन्।

अवार्ड जितेपछि मेसीले भने, ‘यो अचम्मको कुरा हो। यो एक अद्भुत वर्ष रह्यो र मेरा लागि यहाँ आउनु र यो अवार्ड जित्नु सम्मानको कुरा हो। मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ। लामो समयदेखि आशा गरेको सपना पूरा गरेँ। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र त्यसो गर्का लागि म भाग्यशाली रहेँ।’

महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्।

पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते। महिलाको कोच अफ द इयर अवार्ड सरिना वेइगम्यानले जितिन्।

गोलकिपर अफ द इयर अवार्ड, पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलातर्फ मारी एअर्प्सले जितिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*