अम्बेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा
कोल्हवि:बाराको कोल्हबि नगरपालिका वाड न १० अमावमा रहेको श्री अम्बेश्वरनाथ महादेवमा महाशिवरात्री मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
अम्बेश्वर महादेव मेला समितिको आयोजना हुने महाशिवरात्री मेला आज देखि अर्थात फाल्गुन ५ गते देखि फाल्गुन ७ गते सम्म चल्ने छ। महाशिवरात्रीको दिन यस अम्बेश्वर नाथ मन्दिरमा श्रदालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछन ।
कोल्हबि नगरपालिका ,बारागढि गाउँ पालिका ,करैयामाइ गाउँ पालिका, निजगढ नगरपालिका ,जितपुर सिमरा उपमहानगर पालिका र छिमेकि जिल्ला रौतहटको फतुवा बिजयपुर नगरपालिका लगाएत विभिन्न स्थानबाट करिब पन्ध्र हजारको संख्यामा भक्त जनहरु महाशिवरात्री मेला हेर्न आउने गर्द्छ्न।दर्शन गर्न आउने भक्तजनहरुको भिडलाइ कम गर्न मन्दिर परिसरमा महिला र पुरुषको छुटै लाइनको ब्यस्था गरिएको मेला समिति अध्यक्ष अरबिन्द चौधरीले रेडियो पातालगङालाइ जानकारी दिनु भयो।
मेलामा आउने भक्तजन र ब्यापारीहरुलाइ कुनै किसिमको समस्या वा अफ्ठयारो नहुन दिनको लागि ईलाका प्रहरी कार्यालय कोल्हबि, बारागढि चौकि बाराबजार,सशस्त्र बेश क्याम्प कोल्हबिका सुरक्षाकर्मिहरु परिचालन हुने कोल्हबि न पा वाड १० का वडा अध्यक्ष कुन्जबुहारि चौधरीले जानकारी दिनु भयो। शिवरात्री मेलामा मनोरंजनको लागी विभिन्न किसिमको खेल तमासाको साथै फाल्गुन ५ गते रातमा र ६ गते दिनमा रौतहट गौरको र ६ गते रातमा र ७ गते दिनमा रौतहट फतेपुर नाच पार्टीको आयोजना गरेको समाज सेवि सुरेश बाबु चौधरीले बताउनु भयो।










