सन् २०२३ को क्लब विश्वकप साउदी अरेबियमा हुने

कोल्हवी न्यूज
२०७९ फाल्गुन ३, बुधबार १३:३४ गते

फिफा क्लब विश्वकप फुटबल सन् २०२३ साउदी अरेबियामा आयोजना हुने भएको छ । साउदीले पहिलो पटक आयोजना गर्न लागेको क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ ।

साउदी क्लब विश्वकपको छैटौँ आयोजक हो । मोरक्कोमा भएको पछिल्लो संस्करणको उपाधि रियल मड्रिडले जितेको थियो । पछिल्लो समय विश्वकप फुटबलको आयोजनाका लागि दावेदारी प्रस्तुत गर्न लागेको साउदी अरेबियाले फुटबलमा ठूलो लगानी गर्न थालेको छ ।

साउदीको क्लब अल नसरले पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भित्राएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*