भारतीय विदेश सचिवको नेपाल भ्रमण : भेटवार्तामा व्यस्त

कोल्हवी न्यूज
२०७९ फाल्गुन २, मंगलवार ०८:१९ गते

नेपाल-भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन्।

आज नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त ९सिके राउत० लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ।

हिजो सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउबा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*