श्रीलंका छिट्टै आर्थिक संकटबाट मुक्त हुने राष्ट्रपति विक्रमासिंघेको विश्वास

कोल्हवी न्यूज
२०७९ माघ २६, बिहीबार ०८:१७ गते

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक संकटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन्।

आफ्नो सरकारको भावी नीतिका बारेमा संसद्लाई सम्बोधन गर्दै विक्रमासिंघेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए।

‘म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु। जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन्’, उनले भने।

विक्रमासिंघेले कठिनाइका बावजुद सरकारले कमजोर वर्गलाई आर्थिक संकटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे।

राष्ट्रपति विक्रमासिंघेले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलंकाले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

उनले संसद्‌मा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*