टर्की र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८ सय नाघ्यो

कोल्हवी न्यूज
२०७९ माघ २४, मंगलवार ०७:५७

टर्की र सिरियाको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७।८ म्याग्नीच्युडको सो भूकम्पमा परी हजारौँ मान्छेहरू घाइते भएका छन् ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भूकम्पले हजारौँ घरहरू ध्वस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*