आगलागीमा करिब ४० लाखको क्षति

कोल्हवी न्यूज
२०७९ माघ २४, मंगलवार ०७:५३

हरिवन नगरपालिका –११ स्थित ईदुशंकर चिनि मिलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बरावरको क्षति भएको छ । आगलागीमा ट्याक्टर १ थान, मोटरहरु, स्प्रे हाउस स्टोर रूममा राखेको विभिन्न सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि सामान जलेर नष्ट भएको छ । आगलागी के कसरी भएको हो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*