लागु औषधसहित दुई जना पक्राउ
प्रहरीले वीरगञ्जबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले लागुऔषधसहित वीरगञ्ज महानगरपालिका-१२ मुर्ली बस्ने १९ वर्षीय नितेश गुप्ता र भारत विहार जिल्ला वेतीया ग्राम कुढवा मठिया-७ बस्ने २१ वर्षीय मन्दीप यादवलाई पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका- १६ वीरगञ्ज भन्सार गेट अगाडीको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइछिपाइ अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको सूचनाको अधारमा प्रहरीले चेकजाँच गनेृक्रममा दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूको साथबाट लागुऔषध नाईट्रोभेट टयाब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता निर्मल बुढाथोकीले जानकारी दिए।
उनीहरूलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको बुढाथोकीले बताए।