नुनमा केमिकल मिलाएर पोटास भनी बिक्री गर्ने एक जना पक्राउ

कोल्हवी न्यूज
२०७९ माघ १७, मंगलवार १३:२१

सर्लाहीमा नुनमा केमिकल मिलाएर पोटास भनी बिक्रीगर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको गोडैता नगरपालिका ७ बस्ने ५५ वर्षीय मोहन दास रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सोमबार दिउँसो गोडैता ७ र ८ स्थित मोहन दासले सञ्चालन गरेको माहालक्ष्मी कृषी सहकारी संस्था लि। र दास बिज भण्डारको पसलमा नुनमा विरला अक्साइड सिमेन्ट कलर नामक केमिकल मिसावट गरी बोरामा प्याक गरी पोटास भनी बिक्री गरी रहेको सूचनाको आधारमा प्रहरी खटेका थिए।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार प्रहरीलाई सूचना प्राप्त हुनासाथ तत्काल टोली उक्त स्थानमा बोराहरू खोली हेर्दा पारस सर्वोत्तम खाधको बोराहरुमा नुन र विरला अक्साइड सिमेन्ट कलर मिसावट गरी पारस सर्वोत्तम खाधको बोराहरुमा प्याक गरिएको अवस्थामा फेला परेको हो।

प्रहरीले माहालक्ष्मी कृर्षी सहकारी संस्था लि।गोडैता-७ बाट पारस सर्वोत्तम खाद इन्डोरमा इन्डिया प्रा।लि। लेखिएको प्रति बोरा ५० किलो दर भएको ३१ बेरा, खुल्ला बोरामा आधी २५ किलो भएको १ बोरा, आइपिएल डिएपी इन्डिया पोटास लि। लेखिएको पहेलो रङको सिलाएको प्रति बोरा ५० किलो भएको २० बोरा र सोही कम्पनीको खाली बोरा १ थान, साल्ट लेखिएको सेतो रङको९नुन०को प्रति बोरा ५० किलो दर भएको १०३ बोरा, बिरला अक्साइड सिमेन्ट कलर लेखिएको खाली प्याकेट ४ वटा र आधी आधी भरिएको २ वटा प्याकेट, बोरा सिलाउने मेसिन १ थान बरामद गरेको छ।

यस्तै, दास बिज भण्डार गोडैता-८ बाट पारस सर्वोत्तम खाध इन्डोरमा इन्डिया प्रा।लि।लेखिएको प्रति बोरा ५० किलो दर भएको पहेलो रङको सिलाएको १० बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। देशशञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*