सिम्रौनगढ देखि निजगढ सम्म राम्रो बिकास गर्छु: मुख्यमन्त्री सरोज कुमार यादव( भिडियो रिपोर्ट सहित)
कोल्हवी:बारा जिल्ला अन्तर्गत पर्ने क्षेत्र न.१ को सिम्रौनगढ देखि निजगढ सम्म आफुले राम्रो बिकास गरेर देखाउने मधेस प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले आज कोल्हविमा आयोजित कोल्हवी नगरपालिका र कोल्हवी नगर उध्योग बाणिज्य सघ द्वारा आयोजित सम्मान तथा शुभकामना आदान प्रदान कर्यक्रममा बताउनुभएको छ।

कोल्हवी नगरपालिका कि उप- मेयर लक्स्मी कुमारी चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी बारा क्षेत्र न.१ का माननीय अच्युत प्रसाद मैनाली,प्र्देश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी,प्रदेश सभा सदस्य राजपती देवि जयसवाल,कोल्हवी नगर पालिकाका मेयर राम प्रसाद चौधरी,कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहम्म्द समीर,नगर उध्योग बाणिज्य सघ कोल्हविका अधक्ष लक्षमि प्रसाद साह कलवार,कोल्हवी नगरपालिकाका पुर्व मेयर भरत भण्डारी,शिव रिजाल रहनु भएको थियो।
सोही कार्यक्रममा कोल्हवी नगर उद्ध्योग बाणिज्य सघको ९ बुधे ग्यापन पत्र सघका माहासचिब शम्भु कुमार साहले पढेर सुनाउनु भएको थियो।तसै गरि कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरिले पनि नगरपालिकाको तर्फबाट आफ्नो नगर भित्रको बिकाश हुनु पर्ने बिषयमा ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो।
कार्यक्रममा कोल्हवी नगरपालिका भित्रका वडा अध्यक्ष,ब्यबसायी,सुरक्षा निकायका प्रमुख,सन्चारकर्मि लगायतको उपस्थिती रहेको थियो।कार्यक्रम्को सन्चालन पुरषोत्तम ओलिले गर्नु भएको थियो।









