जिल्ला प्रहरी कार्यालय बाराबाट एकै दिन ३३२ जना फरार प्रतिवादी पक्राउ
कोल्हवी:जिल्ला प्रहरी कार्यालय बाराले सम्मानित अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कार्वाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत मिति २०७९/१०/०९ गतेका दिन बिभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा आवश्यक कार्वाहीको लागि बुझाएको छ।
लामो समयदेखी अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कार्वाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । यसमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने विजय दास देखी बैकिङ्ग कसूर मुद्दामा रु.७,००,०००/- जरिवाना सजाय भएका जिल्ला बारा पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा २।११।०६ दिन कैद सजाय भएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगायत छन। पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन । फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउन र अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी बस्न नसक्ने हुँदा प्रहरीले फैसला कार्यावन्यनलाई अभियानको रूपमा संचालन गरेको हो । साथै यस्तो कार्वाहीलाई अगामी दिनमा निरन्तरता रहेन समेत जिल्ला कार्यलय बाराले जानकारी थिए।अन्नपूर्ण पोस्ट बाट