मोदीको आलोचक भएकाले नाच्न नदिइएको नृत्यांगनाको आरोप

२०७९ माघ ८, आईतवार ०७:१०
भारतकी चर्चित नृत्यांगना मल्लिका साराभाईले बिबिसीसँगको एक वार्तामा आफू प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले नाच्नसमेत नपाएको बताएकी छिन् ।
यसअघि तेलंगानामा उनले एक कार्यक्रममा आफ्नो प्रस्तुति दिने भनिए पनि अन्तिम समयमा त्यहाँको मन्दिर ट्रस्टले उनको प्रस्तुति रोकेको थियो ।
सँस्कृति मन्त्रीको ठाडो निर्देशनमा आफूहरुले उनको प्रस्तुति रोकेको त्यहाँका अधिकारीले बताएका थिए ।