अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

कोल्हवी न्यूज
२०७९ माघ ८, आईतवार ०७:०७

अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको छ।

तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ।

शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ। तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेको छ।

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा बढ्दो चिसोका कारण बढिरहेको मानवीय सङ्कटको बारेमा चिन्तासमेत व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*