पहिलो पटक चन्द्रमा पुगेका बजले ९३ वर्षमा चौथो विवाह गरे

कोल्हवी न्यूज
२०७९ माघ ८, आईतवार ०७:०६

अमेरिकी अन्तरिक्षयात्री बज अल्ड्रिनले चौथो पटक विवाह गरेका छन् । उनले आफ्नो ९३ औं जन्मदिनको अवसरमा यो विवाह गरेको भन्दै सामाजिक सन्जालमा आफैंले तस्वीर राखेका छन् ।

सन् १९६९ मा एपोलो ११ मा निल आम्स्ट्रङसँगै चन्द्रमामा उनी पनि पुगेका थिए ।

उनले अन्का फौरसँग विवाह गरेका हुन् । आफूहरुको चिनजान टिनएजमा नै भएको भन्दै उनले यो विवाह गर्न पाउँदा आफू निकै खुसी भएको पनि बताएका छन् ।

चन्द्रमामा हिँडेका चार जनामध्ये जीवित उनी एक व्यक्ति हुन् । उनले यो विवाह गरेपछि अन्तर्राष्ट्रिय सन्चारमाध्यमले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*