भन्सार छली ल्याइएका अवैद्य सामान बरामद
काकडभिट्टाबाट खटेको प्रहरीले अवैधरुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार छुट्टाछुट्टै ठाउँबाट त्यस्तो सामान बरामद गरिएको हो ।
मेचीनगर नगरपालिका वडा ६ हनुमान मन्दिर छेउस्थित चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदैगरेका अन्दाजी २७ हजार रुपैयाँ पर्ने कडा प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, हिजो गस्तीमा खटिएका प्रहरीले मेचिनगर नगरपालिका वडा ६ मेचिपुलनजिक भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदैगरेको अन्दाजी ८ हजार रुपैयाँ पर्ने सामान पनि बरामद गरिएको सूचना अधिकारी पाठकले बताए ।
हिजो बिहीबार नै ईप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६ तुर्केनि खेलमैदान नजिक चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदैगरेको अन्दाजी ५० हजार रुपैंया बराबरको १३ थान ढाकाको कपडा नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भएको पाठकले जानकारी दिए ।