खाना पकाउने क्रममा सिलिन्डर पड्कियो, एक घाइते

कोल्हवी न्यूज
२०७९ पुष २६, मंगलवार ०८:०७

भक्तपुरमा खाना पकाउने क्रममा ग्यासको सिलिन्डर पड्किँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । सूर्य विनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सो घटना भएको हो ।

सोमबार सिलिण्डर पड्किएर थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको प्रहरीले जनाएको छ । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले ग्यास पड्किँदा भान्छा कोठामा क्षति पुगेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*