बारामा एक महिलालाई निर्घात कुटपिट पछि बलात्कारको प्रयास

कोल्हवी न्युज
२०७९ पुष १९, मंगलवार ११:२४

कोल्हवी:कोल्हवी नगरपालिका वडा नम्बर ८ न्याँ बस्ती कि ३४ बर्षिय हर्कमाय खड्कालाई निर्घात कुटपिट पछि बलात्कारको प्रयास भएको हो । सेक्टर वन मधुवन सव डिभिजन अन्तरगतको बोधवन रेन्ज्पोस्टको क्षेत्रमा घाँस काट्न जादा कुटपिटबाट खडकाको ठाउको, तिघ्रा, पिठयू, छाती, खुटा र सम्बेदनसिल अंगमा समेत चोट लागेको छ ।
स्थानिय स्वास्थ्य संस्थामा त्यि महिलाको उपचार गरिएको थियो । सम्बेदनशिल अंगमा पनि ती अपराधीहरुले हात हाल्ने गरेको हुदा आफु प्रतिकार गर्न खोजेको थिए खडकाले बताइन् ।
पीडित महिलाका अनुसार “जंगलमा घास काटन लागेको केहि समयमा बोधवन रेन्जका ५ जना मध्ये २ जना पोशाकमा र ३ जना सदा पोशाकमा रहेका टोली मध्येका २ जना पोशाक लगाएकाले मलाई क्रस गरेर अगाडी बढयो र सदा पोशाकमा रहेका ३ जना राम तपसिन साह, ढालबहादुर कार्की र प्रदिप शर्मा म घास काटी रहेको ठाँउमा आई मलाई कुदृष्टिले हेर्न थालेपछि मैले यहाँ के हेर्नु भएको सोध्न नपाउदै हातमा लिएको लठीले निर्घात कुटपिट गरि शरिरमा लगाएको कपडा समाती मलाई लछाडपछाड गर्दै हात, लातीले पनि कुटन थालेपछि म जोरले कराउन थालेको ” पिडित खडकाले कोल्हवी न्युजलाई भनिन् ।
उनले भनिन् “मलाई किन यसरी अमानविय रुपमा कुटपिट गर्न थाल्नु भयो भने प्रश्नको जवाफमा ती तीन ब्यक्तिहरुले तलाई कुटपिट मात्र होईन अरु कुरा गर्न त अहिले बाकी नै छ भनेर भन्दा म डराए कराउन थालेपछि पनि कुटन नछोडेपछि हिम्मत गरि तिनीहरुलाई प्रतिकार गरी बल्ल तल आफनो ज्यान बचाउन सफल भई भागेर गाँउमा आएर घटनाको बारेमा जानकारी गराएको ” खडकाले बताईन ।
यता प्रहरीले बोधवन रेष्जका कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई घटनाको बारेमा जानकारी लिने काम भएको जिल्ला प्रहरी कार्यालयका प्रब्क्ता राजेश थापाले जानकारी दिए । यद्यपि घटनाका बारेमा अनुसन्धान भई रहेको र दोषी देखिए कानुन बामेजिम प्रक्रिया अगाडी बढाउने प्रब्क्ता थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*