हुलाकडाँडामा माइक्रोबस जुध्यो, २२ जना घाइतेमध्ये मञ्जुमायाको अवस्था गम्भीर

कोल्हवी न्यूज
२०७९ पुष १७, आईतवार ०६:४७

धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा दुई माइक्रोबस जुध्दा २२ जना घाइते भएका छन्।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रमेबास एकआपसमा जुध्दा २२ जना घाइते भएका हुन्।

उनीहरू सबैको थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा सात, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा तीन, ट्रमा सेन्टर काठमाडौँमा आठ, मेडिसिटी अस्पतालमा दुई, शुभेक्षा अस्पतालमा दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए।

दोलखा जिरी निवासी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। मध्यम किसिमका घाइते भएका पाँच जना छन् भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

बा३ख ६१६४ नम्बरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*