मोफसल प्रचार प्रसारमा ´ तिम्रो मेरो साथ`युनिट
कोल्हवी:फिल्म ‘तिम्रो मेरो साथ’ युनिट प्रचारको लागि मोफसलका मुख्य शहरमा निस्किएको छ । मंगलबार पोखरा पुगेको युनिट बुधबार चितवन जाँदैछ । फिल्म पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
निर्देशक रमेश एमके पौडेल, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दिप क्षेत्री मोफसलका शहरमा निस्किएका हुन् । पोखराको तालबाराही मन्दिर पुगेर उनीहरुले फिल्म सफलताको कामना समेत गरे । पोखराको प्रेसमिट सकेर बुधबार चितवनको सिनेप्लेक्स हलमा ‘तिम्रो मेरो साथ’को नयाँ गीत समेत रिलिज गर्ने कार्यक्रम छ । पौडेलकका अनुसार पोखराबाट सुरु भएको मोफसल यात्रा बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बर्तिामोड हुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।
सविर श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म ‘तिम्रो मेरो साथ’ त्रिकोणात्मक लभ स्टोरी फिल्म हो । जहाँ पुष्प, साम्राज्ञी र सन्दिप सहित इमिली लामा, सरोज खनाल लगायत अन्य कलाकारहरुको अभिनय छ ।










