अत्यधिक चिसोका कारण उतर अमेरिकामा दर्जनौँको मृत्यु
अत्यधिक चिसोका कारण उत्तर अमेरिकामा ३८ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडा र अमेरिकामा पछिल्लो समय अत्यधिक मात्रामा हिमपातसहितको हावाहुरीका कारण लाखौँ मानिसको जनजिवन प्रभावित बनेको छ।
अधिकारीहरूका अनुसार अमेरिकामा ३४ जनाको मृत्यु भएको छ। जसमा सर्वाधिक प्रभावित क्षेत्रको रूपमा न्यूयोर्क रहेको छ।
न्युयोर्कको बफेलाे क्षेत्र बढी प्रभावित बनेको छ। त्यस्तै, क्यानडाको ब्रिटिस
कोलम्बियाको पश्चिमी प्रान्त मेरिटसमेत अत्यधिक प्रभावित बनेको छ। अत्यधिक बरफ जमेको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ।
अत्यधिक चिसोबीच ‘इलेक्ट्रिसिटी’ जाने भइरहँदा अझै धेरै हताहतीको सम्भावना रहेको जनाइएको छ। गत बिही बार २ लाख ग्राहक बिजुली बिना दिन बिताउन बाध्य बनेका थिए।
अहिले भने बिजुली सप्लाइ नियमित गरिएको जनाइएको छ। अत्यधिक हिमपातका कारण हजारौँ उडानहरू रद्द गरिएको छ। जसका कारण क्रिसमसमा परिवार भेट्न जान पाएनन्।
आइतबार ५५ मिलियन अमेरिकीमाझ हिमपातसहितको हावा हुन्डरीको चेतावनी जारी गरिएको छ। क्यानडादेखि दक्षिणी टेक्साससम्म जनजीवन प्रभावित हुन सक्ने जनाइएको छ।










