रक्षा क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानलाई चेतावनी दिन ताइवानको यस्तो तयारी

कोल्हवी न्यूज
२०७९ पुष ८, शुक्रबार ०६:५५

ताइवानले आफ्नो दक्षिणपूर्वी वायु रक्षा क्षेत्रमा प्रवेश गरेका ३९ चिनियाँ विमानलाई चेतावनी दिन लडाकु विमानहरू परिचालन गरेको ताइवानी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । ताइवानले विगत दुई वर्षदेखि आफ्नो रक्षा क्षेत्रमा बारम्बार गस्ती गरेको गुनासो गर्दै आएको छ ।

पछिल्लो २४ घण्टामा आफ्नो वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड)मा चिनियाँ गतिविधिहरूको विवरण पनि रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।
बिहीबारको घुसपैठमा २१ वटा लडाकु र चार वटा एच ६ बमवर्षक विमानहरू, एन्टिसबमरीन र हवाई इन्धन भर्ने विमानहरू रहेका ताइवानको मन्त्रालयले जनाएको छ ।
धेरै विमानहरू बसी च्यानल भनेर चिनिने जलमार्गबाट टापुको दक्षिणपूर्वी तटमा रहेको क्षेत्रमा उडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*