विवाहको एक महिनामै पत्नीको हत्या, शरीरको ५० भन्दा बढी टुक्रा पारेर गल्लीमा कुकुरलाई खान छोडिदिए

कोल्हवी न्यूज
२०७९ पुष ४, सोमबार ०८:२१

भारतको झारखण्डमा एक पतिले आफ्नै पत्नीको क्रुर तरिकाले हत्या गरेर शरीरको ५० भन्दा बढी टुक्रा पारेका छन्। केही समयअघि दिल्लीकी श्रद्धालाई उनका प्रेमी आफतापले हत्या गरेर ३५ टुक्रा पारेका थिए।

तर झारखण्डको घटनामा त परिवारसहितको संलग्नतामा साहिबगन्जका २५ वर्षीय दिलदार अन्सारीले पत्नीको हत्यापछि शरीरको ५० भन्दा बढी टुक्रा पारेका छन्।

२२ वर्षीया रिबिका पहाडिनको हत्या गरेपछि अन्सारीले गल्लीमा भुस्या कुकुरलाई खानका लागि मासुका टुक्रा फालेको समेत पाइएको छ। कुकुरले मानिसको मासु लुछ्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धान गर्दै जाँदा रिबिका घरमा नभेटिएपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको छ। पक्राउपछि बयानका क्रममा पारिवारिक विवादमा हत्या गरेको स्वीकारेका छन्। हत्यापछि इलेक्ट्रिक कटरको सहायताले शरीरका अंगहरु टुक्रा टुक्रा पारेको र केही टुक्राहरु कुकुरलाई खानका लागि गल्लीमा फाँकेको बताएका छन्।

केही टुक्रा भने घरमै लुकाएको पाइएको छ। प्रहरीले अहिलेसम्म रिबिकाका १८ टुक्रा फेला पारेको छ। उनको टाउको र शरीरका अन्य अंगहरु फेला परेका छैनन्। प्रहरीका अनुसार अन्सारीले रिबिकासँग दोस्रो विवाह गरेका हुन्। दुई वर्षको लभ अफेयरपछि उनीहरुले विवाह गरेका थिए। अन्सारीकी पहिलो पत्नी साथमै थिइन्।

सोही कारण झगडा हुने गरेको र हत्या गरिएको प्रहरीले बताएको छ। रिबिकाले यसअघि नै दिलदारविरुद्ध महिला हिंसाको उजुरीसमेत दिएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*