मलेशियामा गएको पहिरोमा २१ जनाको ज्यान गयो, उद्धारको काम जारी

कोल्हवी न्यूज
२०७९ पुष २, शनिबार ०७:०८

मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित २१ जनाको ज्यान गएको छ । त्यहाँका अधिकारीहरूका अनुसार उनीहरू त्यहाँ बिदा मनाउन गएकाबेला पहिरो भएको थियो ।

बताङ काली नगरअन्तर्गत पर्ने सो स्थानमा स्थानीय समयानुसार शुक्रवार बिहान ३ बजे पहिरो गएको थियो । त्यतिबेला छुट्टी मनाउन गएका मानिसहरू पालभित्र सुतिरहेकाबेला पहिरो जाँदा पुरिएका थिए ।

सयौँ उद्धारकर्मीहरूले माटो खोतल्दै जीवित व्यक्ति खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेका छन्। सो मनोरञ्जनस्थलमा पहिरो जाँदा ९० जनाभन्दा बढी मानिस रहेको बताइएको छ। अझै धेरै हाताहाती भएको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन् ।

शिविर सञ्चालकले स्थानीय सञ्चारमाध्यमहरूलाई दिएको जानकारी अनुसार त्यहाँ कम्तीमा ३० बालबालिका र ५१ जना वयस्क रहेका थिए । स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार अझै १४ जना मानिस पहिरोमा पुरिएर बेपत्ता छन्। खोजी र उद्धार कार्य जारी छ । शिविरभन्दा करिब ३० मिटर माथिको भीरबाट पहिरो खसेको थियो ।

शिविरमा बसेकी टे लिन सुआनले आफू र आफ्नी आमा बाँचे पनि आफ्ना एक भाइले ज्यान गुमाएको र अर्को भाइ घाइते भएर अस्पताल लगिएको बताइन्। “हामीले पाल हल्लिएको महसुस गर्‍यौँ र हाम्रो वरिपरि माटो खस्न थाल्यो,” उनले भनिन् । “मेरी आमा र म घस्रिएर बाहिर निस्कियौँ र ज्यान जोगायौँ ।

घटनामा परेर जोगिएका लिओङ जिम मेङले आफूले जमिन सर्नुअघि ठूलो विस्फोटको आवाज सुनेको बताए। त्यो आवाजले आफ्नो परिवारलाई बिउँझिएको तर पालबाट सकुशल निस्कनुअघि आफूहरू केही बेर पहिरोमै फसेको बताए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*