क्षतिपूर्ति माग गर्दै नेपालबाट फिफा अध्यक्षलाई पत्र

कोल्हवी न्यूज
२०७९ पुष २, शनिबार ०६:३९ गते

नेपालमा कार्यरत विभिन्न मानव अधिकारवादी संस्थाले आप्रवासी कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसमक्ष माग गरेका छन् । अध्यक्ष इन्फान्टिनोलाई बिहीबार लेखेको एक खुला पत्रमार्फत एम्नेस्टी इन्टरनेसनल नेपाललगायत तीन दर्जन संस्थाले कतारमा जारी विश्वकप फुटबल तयारीका क्रममा दुर्व्यवहार भोगेका र मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति माग गरेका हुन् ।

एम्नेस्टी इन्टरनेसनलको सन् २०२१ को प्रतिवेदनमा विश्वकप फुटबल तयारीका क्रममा हजारौँ आप्रवासी कामदारको शोषण गरिएको पत्रमा उल्लेख छ । कतारले श्रम व्यवस्थामा सुधार गरेको दाबी गर्दै सो आरोप अस्वीकार गरेको छ । कतारमा रहेका कुल २९ लाख कामदारमध्ये आप्रवासी कामदारको हिस्सा अत्यधिक छ । आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*