विद्यालयबाट कम्प्युटर चोर्ने सात जना पक्राउ

कोल्हवी न्यूज
२०७९ पुष १, शुक्रबार ०६:४२

शैक्षिक संस्थाबाट बिधुतीय उपकरण चोर्ने, ओसारपसार गराउने र पोखराको विभिन्न पसलबाट बिक्री बितरण गर्ने सात जना चोरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनिहरुलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको छ । फेदीखोला-४ तल्लाचौरस्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयबाट कम्प्युटर, प्रिन्टरहरू, प्रोजेक्टर लगायतका सामाग्री चोर्ने चोरहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा फेदीखोला-४ का २६ वर्षीय प्रेम विक, २१ वर्षीय सुमन सुनार र पुतलीबजार-४ का १९ वर्षिय समिर सुनार छन् । यस्तै चोरी भएका सामाग्री बिक्री गर्न संलग्न पोखरा बस्दै आएका लमजुङ जिल्ला सुन्दर बजार-११ का २९ वर्षीय राजु मजाकोटी र २७ वर्षीय अमृत दुरा छन् भने कास्कीका २९ वर्षिय प्रविन नेपाली र ३७ वर्षिय दिपेन्द्र पोख्रेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनीहरुले गत २४ गते राती विधालय तोडफोड गरेर यी सामग्रीहरू चोरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरीले नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । उनीहरुमाथि चोरी तथा डाका मुद्दा दर्ता गरिएको छ ।नेपाल अनलाइनटिभिबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*