भारतले गर्‍यो अग्नी भी मिसाइलको सफल परीक्षण

कोल्हवी न्यूज
२०७९ पुष १, शुक्रबार ०६:३६

भारतले ५ हजार भन्दा बढी किलोमिटरको दूरीमा मार हान्न सक्ने शक्तिशाली अग्नी भी ९पाँच० व्यालेष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । भारतले बिहीबार सो परीक्षण गरेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार ओडिशाको नजिक अब्दुल कलाम द्वीपबाट यो परीक्षण गरिएको थियो । भारत र चीन सीमामा तनाव जारी रहेका बेला भारतले यो मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्ष्ण गरेर भारतले चीन सरकारलाई जवाफ दिन खोजेको भनाइ भारतीय सञ्चार माध्यमको छ । अग्नी चौथोको रेन्ज चार हजार किलोमिटर, अग्नी तेस्रोले तीन हजार किलोमिटर दूरीसम्म मार हान्न सक्ने बताइएको छ ।

पछिल्लो दुई वर्षमा भारतले यस्ता धेरै मिसाइलको सफलतापूर्वक परीक्षण गरिसकेको छ । गत मे महिनामा भारतले ब्रम्होस सुपरसोनिक क्रूज मिसाइलको सुखोई लडाकु विमानबाट टेष्ट फायर गरेको थियो । गत अप्रिलमा ब्रम्होस सुपरसोनिक क्रूज मिसाइलको एन्टीशीप भर्सनलाई भारतीय नौ सेना र निकोबार कमाण्डले संयुक्त रुपमा परीक्षण गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*